१. पृष्ठभूमि

नेपालमा संस्कृत अध्ययन–अध्यापनको इतिहास निकै लामो छ । गुरुशिष्य परम्पराबाट संरक्षित रहँदै आएको उक्त गौरवमय इतिहासलाई हाल विद्यालय तहमा विभिन्न गुरुकुल र संस्कृत माध्यमिक विद्यालयहरूले साथै उच्च शिक्षाको तहमा नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) ले निरन्तरता दिँदै आएका छन् । नेसंविअन्तर्गत देशभरि फैलिएका विद्यापीठ र शैक्षिक प्रतिष्ठानहरूमा हजारौँ विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । नियमित अध्ययन–अध्यापन कार्यका अतिरिक्त यस विश्वविद्यालयले नेपालका विभिन्न जाति–जनजाति, भाषिक एवम् धार्मिक समुदायहरूका विविध पक्ष उजागर हुने र उनीहरूको सशक्तीकरणमा योगदान पुग्ने गरी विशेष अनुसन्धान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । दुर्लभ र जनोपयोगी संस्कृत ग्रन्थहरूको नेपालीमा अनुवाद र विद्यावारिधि अनुसन्धान कार्यक्रम पनि यस विश्वविद्यालयका महत्त्वपूर्ण कार्य हुन् ।

संस्कृत विश्वका हरेक भाषा, धर्म, संस्कृति, लिङ्ग र जातीय पृष्ठभूमिका व्यक्तिहरूका लागि ज्ञानको महत्त्वपूर्ण स्रोत हुन सक्छ भन्ने मान्यताका आधारमा नेसंविले यो भाषामाथि विश्वव्यापी पहुँच विस्तार गर्ने प्रयास गरिरहेको छ । नेसंविअन्तर्गतको अनुसन्धान केन्द्रले विश्वविद्यालयको यही नीतिमा आधारित रही आप्mना अनुसन्धान कार्यक्रमको योजना–तर्जुमा र कार्यान्वयन गर्ने गरेको छ ।

Custom Heading Example

TRENDING POST

No posts found.